पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौ, १२ माघ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।
स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उहाँका स्वीकय सचिव महेश विष्टले जानकारी दिए ।

गत पुस २३ गते अस्पतालमा भर्ना हुनुभएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उहाँको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो ।
अधिकारीको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । गएको बुधबारदेखि मुटुमा समस्या भएपछि सघन कक्षमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्