रौतहटमा गाडीको ठक्करले मोटरसाइकल चालकको मृत्यु
काठमाडौ, १२ माघ । रौतहटमा गाडीको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ । गौर- चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर-८ मा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा दुर्घट्ना भएको खुल्न आएको तर ठक्कर दिने गाडीको पहिचान भने भएको छैन ।
त्यस खण्डको सन्तपुर पोखरी नजिकै ग ४ प २१९२ नम्बरको मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा दुर्घट्ना भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । मोटरसाइकल चालक रंगपुर ६ बस्ने २४ वर्षका मुकेश चौधरी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताएका छन् ।
मृतक थारु टाउकोको दाहिने भागमा चोट लागेर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि चन्द्रपुरमा रहेको सरकारी अस्पतालमा ल्याइएको र उपचार गर्ने क्रममा चिकित्सकले मृत्यु भएको बताएका थिए ।
पोष्टमार्टमका लागि शवलाई अस्पतालमा राखिएको छ । ठक्कर दिने गाडीको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्