भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षाा

काठमाडौं,माघ १२ । जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए ।
यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ । पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ ।
भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचयक हो । आफ्नो भाषा बिर्सनु त्यो जाति र राष्ट्रकै लागि ठुलो क्षति हो । यो समाचार आजको अन्नपूर्णमा गोविन्द लुइँटेलले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्