चिकित्सा शिक्षा विधेयक पारितसँगै मुठभेडतर्फ जाँदै मुलुक

काठमाडौं,माघ १२ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत  नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गराएको हो ।
यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष दलको दूरी बढेको छ ।
प्रतिक्रिया दिनुहोस्