अधिनायकवादी शैलीमा विधेयक पारितः कांग्रेस सभापति देउवा

जागरण न्युज
काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको बताए ।
आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ ।
उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैली विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा भूमिका खेलेको आरोप लगाए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको समेत उनले बताए ।
उनले पत्रकारसँग कुरा गदै भने ‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुःख लागेको छ, ।’ देउवाले कांग्रेसले गरेका सबै काम मेट्न सरकार लागेको बताए ।
यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रोष्ट्रममा पुगेर विधेयक पेश गरेका थिए ।
उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्