सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई तिहाइले चल्दैन: कांग्रेस सचेतक भुषाल

जागरण न्युज
काठमाडौं, माघ ११ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई बहमुतले चलाउन नसक्ने बताएको छ ।
बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई तिहाइले नचल्ने बताईन ।
बैठक निर्धारित १ घन्टापछि बसेको आजको बैठक सुरूमै नेपाली कांग्रेसका सांसद उठेर विरोध गरेका थिए । विरोधपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सचेतक पुष्पा भुषाललाई बोल्न समय दिएका थिए ।
भुषालले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकार मातहत राख्ने निर्णय नभएसम्म संसद चल्न नदिने बताइन् ।
उनको सम्बोधनपछि कांग्रेस सांसदहरू रोष्ट्रममा गएर नाराबाजी गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्