करन केसी पनि आउट, गुम्यो नेपालको सातौं विकेट

जागरण न्युज
काठमाडौं, माघ ११ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी घरेलु टोली विरुद्धको एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले खराब सुरूवात गरेसंगै सातौ विकेटका रूपमा करन केसी पनि ३ रन लिउर आउट भएका छन ।
पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको नेपालले ५० रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएर थप २० रन बनाउँदा नेपालले थप २ विकेट गुमाउन पुग्यो । ८० रन र्पुयाउँदा नेपाल सातौ विकेटका रूपमा करन केसीलाई ३ रनमा गुमाउन पुग्यो ।
पवन सरार्फले छेठौं विकेटका रूपमा ४ रन बनाएर आउट भएका थिए । यसअघि सोमपाल कामीले ३० रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्