नेपाललाई चौथो झड्का, ५० रन नपुग्दै चार विकेट गुम्यो

जागरण न्युज
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी घरेलु टोली विरुद्धको एक दिवसीय खेलअन्तर्गत पहिलो खेलमा नेपालले निकै खराब सुरूवात गरिरहेको छ ।
पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै आउट भएपछि नेपालले ५० रन नपुग्दै आफ्नो महत्वपूर्ण चार विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो ।
यसअघि सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारी ५ रन लिएर आउट भए, कप्तान पारस खड्का २० रनमा तेस्रो विकेटका रूपमा आउट हुन पुगे ।
युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्