राजश्व अनुसन्धान विभागद्धारा नौ जनाविरुद्ध मुद्दा दायर

भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल कारोवार गर्ने नौ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागको झण्डै तीन महिना लामो अनुुसन्धान पछि प्रमाण फेला परेपछि मुद्दा दर्ता गरेको हो । यी नौ जना बिरुद्ध मुद्दा दायर गरिएको हो । १.प्रदीपकुमार बर्मा २.दीपककुमार बर्मा ३.गणेश रिजाल४.अनिल महतो धानुक ५.गुल्सन श्रीवास्तव ६.दशरथ हजरा दुसाद ७.उपेन्द्र महतो ८.राजेशकुमार श्रीवास्तव र ९.सिकेन्द्रकुमार श्रीवास्तव उनीहरुको वीरगञ्जमा दर्ता भएका फर्महरु आदित्य ट्रेड एन्ड सप्लायर्स पान नम्बर ३०१७९७४५८, कालिका ट्रेड एन्ड एप्लायर्स पान नम्बर ६०३८५०९४५ र विश्वकर्मा ट्रेड कन्सर्न पान नम्बर ६०३३५८८०९ बाट सामान खरिद गरेको भुटो विजक बिल पेस गरेको विभागको दावी छ । यस्ता कम्पनीबाट भने विभिन्न फर्मलाई नक्कली भ्याट विल बिक्री गर्ने काममा संलग्न भएकाले उनीहरु विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
उनीहरु विरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बिगोसहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रुपैयाँ जरीवाना दाबी गर्दै मुद्दा चलाइएको छ । अझ विभागले भने उनीहरु बिरुद्ध ३/३ वर्षको कैदसमेत हुनुपर्ने माग गरेको छ ।

आरोपितहरुले आफुले तिर्नुपर्ने भ्याट रकमभन्दा बढी देखिने झुठा विजक विल खरिद विवरण सहितको विवरण पेस गरी राजश्व छल्ने प्रयास गरेको आन्तरिक राजश्व विभागको भनाइ छ ।
तीनै वटा फर्मको कारोबार भने राजेशकुमार श्रीवास्तवले गरेका थिए । काठमाडौंमा बसेर गणेश रिजालले ती बिलबिजक बिक्री गरी जम्मा भएको रकम बैंकबाट भुक्तानी लिएको देखिन्छ ।
गत आव ०७३/७४ मै यी सबै गतिविधि भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्