सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी

काठमाडौं, माघ ९ । जंगली फल खाँदा सिरहामा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् । उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको जिल्ला प्रहरीसिरहाले जनाएको छ ।
जंगली फल खाँएर विरामी हुनेहरुमा सखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीकी ३५ वर्षीय शिव कुमारी सदाय, उनकी ५ वर्षीया छोरी सम्झना सदाय, ३२वर्षीय नयन कुमारी सदाय, उनका ३ वर्षीय छोराअविन, देबनारायण सदायका ४ वर्षीय छोरा अमित कुमार सदाय छन् ।
प्रतिक्रिया दिनुहोस्