काठमाण्डौ , माघ ८ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना हुनुभएको छ ।
उच्च ज्वरो आएपछि उहाँलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उहाँको परिवारले बताएको छ । डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको गएको आइतबारदेखि नै आईसीयूमा राखेर सुमेरु अस्पतालमा नै उपचार भैरहेको छ ।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सिता र बिना सासुबुहारी हुन् ।
प्रतिक्रिया दिनुहोस्