सर्वसाधारणका लागि आयल निगमले ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ ।

चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ । निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्