अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भिर, समर्थकले आज माईतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, माघ ५ । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनमा रहनुभएका प्राध्यापक डाक्डर गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले गठन गरेको ९ सदस्यीय टोलीले डा.केसीको स्वास्थ्य जाँच गर्दा उनको छातीमा संक्रमण भएको पाइएपछि एन्टिबायोटिक चलाइएको उनको उपचारमा संलग्न डा. प्रमेश आचार्यले बताए ।
यस्तै, डा. केसीको मांसपेसी बाउँडिने, रगतमा अक्सिजनको मात्रा कम रहेको, रक्तचाप पनि घटेको, रगतमा सुगर र फस्फोरससमेत कम हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सरकारले आफूसँग गरेको सहमति अनुरुप सरकराले चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा. केसीले इलाममा गएर १६ अनसन सुरु गरेका हुन् ।
तर, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विहिबार राति नै उनलाई सेनाको विशेष हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
यसैबीच सरकारले विगतमा गरेका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका माग राखेर आमरण अनशनमा बसेका डा. केसीको समर्थनमा आज राजधानीको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।
सोलिडारिटी फर डा. केसी एलाईन्स्को अगुवाईमा डा.केसीको समर्थनमा ऐक्यवद्धता हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्