बर्दियामा प्रहरीले हत्या अरोपीलाई समात्न गोली चलायो

जागरण न्युज
काठमाडौं, ०२ माघ । प्रहरीले बर्दियामा हत्या आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले गोली चलाएर हत्या आरोपी युवराज गिरीलाई पक्राउ गरेको हो ।
२६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।
शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाई पक्राउ गरेको हो ।
गिरीको खुट्टामा गोली लागेको हो । प्रहरीले पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाएको हो । तर, उनको अवस्था सामान्य छ । उनको उपचारका कोहलपुर टिचिङ हस्पिटलमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्