ए मेरो हजुर २ को पहिलो दिनमै ७८ लाख ७१ हजार कलेक्सन

बैशाखदेखि हालसम्ममा दुई दर्जन फिल्म प्रदर्शनमा आइसकेका छन् । प्रदर्शित मध्ये धनपति, म यस्तो गीत गाउँछु, प्रेमगीत २ लाइ मात्र दर्शकले बढी रुचाए । शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ए मेरो हजुर २ ले पनि राम्रो सुरुवात गरेको छ । प्रदर्शनको पहिलो दिन सबैतिर हाउसफूल हुने मौका प्राप्त गरेको छ ।
काठमाडौंमा फिल्म ए मेरो हजुर २ ले प्रदर्शनको पहिलो दिन उपत्यका भित्र र बाहिर गरि फिल्मले करिव ७८ लाख ७१ हजार कलेक्सन गर्न सफल भएको स्रोतले बताए।

शनिवार सार्वजनिक विदा भएका कारण सिंगल र मल्टिप्लेक्समा विहानैदेखि दर्शकको भिड थामिनसक्नु देखिएको थियो । काठमाडौंका मल्टिप्लेक्समा शुक्रवार साँझ नै शनिवारका लागि सबै शोको टिकट सोल्ड आउट भैसकेको थियो। यस्तै, गोपीकृष्ण मुभीज र अष्टनारायण हलका ४ वटा पर्दामा बिहानकै शोमा दर्शक भरिभराउ भएका थिए । गुण, गंगा, कलंकीमा पनि ुए मेरो हजुर २ हेर्ने दर्शकको उपस्थिती थामिनसक्नुको रहेको वितरक बताए ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाद्वारा निर्मित फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन् ।
फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुले अभिनय गरका छन् ।

प्रतिक्रिया दिनुहोस्