६ दिनदेखि अनशनरत डा.केसीलाई अस्पताल लैजाने तयारी, अस्पताल भर्ना हुन अस्वीकार

काठमाडौं, पुस ३०। ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा लैजाने तयारी भएको छ ।
चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा। केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका छन् ।
चिकित्सकहरुको सल्लाहअनुसार नै उनलाई जिल्ला अस्पतालमा भर्ना गर्ने तयारी भएको हो । तर डा। केसीले अस्पतालमा भर्ना हुन अस्वीकार गरेका छन् ।
उनले स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । डा। केसीलाई अस्पतालमा लैजाने पहल भने जारी रहेको बताइएको छ ।
इलाममा अत्याधिक चिसो बढेकाले पनि स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६ औं चरणको सत्याग्रहमा छन् ।
डा। केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्