संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २९ पुस । संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया ऐनले व्यवस्था गरेको भन्दा बाहिर गएर भएको भन्दै नाटयकर्मी विजय विस्फोटले शनिबार सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशका लागि रिट दायर गरेका छन्। नेपाल संगीत तथा नाटय प्रतिष्ठान ऐन, २०६४ अनुसार २४ जनाको प्राज्ञसभा गठन गरेपछि मात्रै पदाधिकारी छान्नुपर्ने व्यवस्था छ।

तर, सरकारले सभा नै गठन नगरी कुलपति र उपकुपतिसहितको पदाधिकारी पठाएको भन्दै उक्त नियुक्ति बदर गरिपाउँ भन्दै विस्फोटले रिट दायर गरेका हुन्। प्रज्ञा प्रतिष्ठान र ललितकलाको प्राज्ञसभासहितको सूची सार्वजनिक भइसक्दा संगीत नाटयले भने अहिलेसम्म प्राज्ञसभा सदस्यको नाम सार्वजनिक गर्न सकेको छैन। प्राज्ञसभा सदस्यहरुको शपथसमेत खुवाउन सकेको छैन।

शुक्रबार दिउँसो १ बजे सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दामा संगीत नाटय प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ बमोजिम नवनियुक्त पदाधिकारीहरु विधागत, लैंगिक र जातीय समावेशिताका आधारमा हुनुपर्ने उल्लेख भए पनि त्यसो नभएको आरोप लगाइएको छ। यसअघि २०६५ मा तत्कालीन माओवादी नेतृत्वको सरकारले नियुक्त गरेको तीनवटै प्रज्ञा प्रतिष्ठानको पदाधिकारीविरुद्ध पनि मुद्दा परेको थियो।

त्यति बेला नेपाल प्रज्ञा प्रतिष्ठानमा ईश्वरचन्द्र ज्ञवाली, ललिकला प्रज्ञा प्रतिष्ठानमा बाबुलाल पुन र संगीत नाटय प्रज्ञा प्रतिष्ठानमा माइला लामा कुलपतिमा नियुक्त भएका थिए। त्यति बेलाको नियुक्ति पनि ऐनअनुसार प्रक्रिया नपुगेको भन्दै प्रज्ञा प्रतिष्ठानविरुद्ध विष्णु प्रभात, नाटय संगीतविरुद्ध विजय विस्फोट र ललितकलाविरुद्ध किरण मानन्धरले सर्वोच्चमा रिट हालेका थिए। रिटपछि तीनवटै प्रतिष्ठानको नियुक्ति बदर भएका थिए।

नियुक्ति प्रक्रिया गैरकानुनी भएकाले आफूहरुले रिट हाल्नुपरेको विस्फोटले दाबी गरे। ‘प्राज्ञसभाको शपथबिना नै कसरी पदाधिकारीको नियुक्ति हुन सक्छरु’ विस्फोटले भने, ‘त्यसमाथि समावेशी पनि छैन। दलितलाई बढारिएको छ।’ ऐनअनुसार नियुक्ति प्रक्रियाका लागि दुई विज्ञ सदस्यसहित पयर्टन तथा संस्कृति मन्त्रीको अध्यक्षतामा तीनवटा छुट्टाछुट्टै सिफारिस समिति बनाउनुपर्ने हुन्छ। सरकारले त्यसअनुसार सिफारिस समिति बनाए पनि छनोटको प्रक्रियामा भने ऐन मिचेको विस्फोटको दाबी छ। पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव कृष्ण देवकोटाले भने ऐनअनुसार नै नियुक्ति प्रक्रिया अघि बढाइएको र सोहीअनुसार नियक्ति भएको दाबी गरे।

‘पहिले प्राज्ञ परिषद् नै गठन गरेका हौं,’ उनले भने, ‘त्यसपछि मात्रै पदाधिकारी चयन गरिएको हो। प्राज्ञसभा सदस्यको घोषणा भने बायोडाटा र नागरिकताको प्रतिलिपि संकलन भइरहेकाले ढिलाइ भएको हो। कानुनी प्रक्रिया नर्पुयाईकन काम भएको छैन।’

यस्ता छन् पदाधिकारी
समावेशी नभएको आरोप लागेको संगीत नाटयको कुलपतिमा नारायणभक्त श्रेष्ठ ९रायन० चर्चित गीत ‘गाउँ गाउँबाट उठ।।।’ का गायक हुन्। मूलत स् ‘जनवादी’ गीतसंगीतमा उनको योगदान मानिन्छ। बीसको दशकको सुरुवातमा साहित्यकार पारिजातको अगुवाइमा सुरु भएको ‘राल्फा अभियान’ का यी संस्थापकसमेत हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतले कुलपतिमा यादव खरेल ल्याउन चाहेका थिए। त्यसनिम्ति प्रधानमन्त्रीले उनलाई बालुवाटार बोलाएर बैठकसमेत राखेका थिए। यो थाहा पाएपछि पूर्व एमाले निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईलगायतको टोलीले खरेल ‘गैरकम्युनिस्ट’ भएको भन्दै उनको विरोध गरेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत खरेलको नाममा असहमति जनाएपछि ओली पछि हटे। रायनको पल्लाभारी भयो।

उपकुलपति हरिहर शर्मा अभिनेता हुन्। उनी तीनपटक सांस्कृतिक संस्थान ९नाचघर० को महाप्रबन्धक समेत भएका थिए। स्रोतका अनुसार उपकुलपतिका लागि उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दबाब दिएका थिए। सदस्यसचिव श्याम तमोट गीतकार हुन्। ‘गाउँ गाउँबाट उठ।।।’ गीत उनैले लेखेका हुन्। परिषद् सदस्य ९प्राज्ञ० हरुमा नियुक्त भएकामध्ये हरिदेवी कोइराला लोकगायिका हुन्। नमुना शर्मा पूर्व एमाले सम्बद्ध जनसांस्कृतिक महासंघकी नेतृ हुन्। धीरेन्द्र प्रेमर्षि कवि एवं गीतकार र अशोककुमार राई संगीतकार हुन्। त्यस्तै निशा पोखरेल अभिनेत्री हुन् भने मेघराज शर्मा ९मञ्जुल० राल्फाकालीन गायकरकवि भए पनि पछिल्लो समय उनको कविता र निबन्ध लेखनमा सक्रिय छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त कान्छाकुमार कर्माचार्य ९केके कर्माचार्य० यसअघि सोही प्रतिष्ठानमा सदस्यसचिव थिए। चित्रकलामा राम्रो योगदान दिएका उनी पनि पूर्व एमाले निकट जनसांस्कृतिक महासंघकै दबाबमा कुलपति भएका हुन्। स्रोतका अनुसार सिफारिस समितिले विजय थापालाई कुलपतिमा छानिसकेको थियो। नेकपाका केही नेता र जनसांस्कृतिक महासंघकै कारण थापाको नाम काटियो। नाम काटिनेमा परिषद् सदस्य ज्योतिप्रसाद विके पनि हुन्।

‘कुलपतिको शपथकै लागि बोलाइएको थियो, प्रधानमन्त्रीको समय नमिलेर रोकियो, पछि अर्कै नाम आयो,’ थापाले भने, ‘यसमा केही भन्नु छैन। नैतिक रूपमा को–को जिम्मेवार हुनुपर्ने हो, उहाँहरुकै कुरा हो यो।’ आफूहरु छानिएको सूची हात पारेपछि थापा र विकेले ललितकला प्रज्ञा प्रतिष्ठानको गाडी चढ्न थालिसकेका थिए। तर, पछिल्लो सूची भने दुवैको नाम काटिएर आयो।

ललितकलाका उपकुलपतिमा नियुक्त गोपाल चित्रकार फोटोग्राफर हुन्। पछिल्लो समय उनी चित्रकलामा पनि सक्रिय थिए। सदस्यसचिव विपिन घिमिरे ललितकला क्याम्पसका पूर्व प्रमुख हुन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेका आफ्नै दाइ हुन्। परिषद् सदस्यहरुमा रमेशनाथ खनाल चित्रकार एवं कला समीक्षक हुन् भने मिथिलादेवी यादव मिथिला चित्रकार हुन्।

लालकाजी लामा चित्रकार र मूर्तिकार हुन् भने बुद्धिबहादुर गुरुङ, धर्मराज शाक्य चित्रकार हुन्। अर्को चित्रकार सुषमा राजभण्डारी दोहोरिएर परिषद् सदस्य भएकी हुन्। तीनवटै प्रतिष्ठानमा पदाधिकारी सिफारिस गर्न गठित समितिका संयोजक संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी थिए। आजको कान्तिपुर दैनिकमा समाचार छ

प्रतिक्रिया दिनुहोस्