प्रधान सेनापति थापालाई भारतका राष्ट्रपति कोविन्दद्वारा मानार्थ महारथी दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, २८ पुस । भारतका राष्ट्रपति राम नाथ कोविन्दद्वारा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुु भएको छ ।
नेपाल सरकारको निर्णय बमोजिम पौष २७ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति थापालाई आज राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदर स्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । औपचारिक भारत भ्रमणको दौरान प्रधान सेनापति थापाले हिजो २०७२ पौष २७ गते न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण भ्रमण गर्नु भएको नेपाली सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्