विदेशबाट सामान ल्याउँदा यी कुरामा ध्यान दिनुस्, नत्र विमानस्थलले जफत गर्नसक्छ !जानकारीको लागी सबैले सेयर गरौ

काठमाडौं, पुस २८ । तपाई धेरै सामान बोकेर स्वदेश फर्किँदै हुनुहुन्छ रु यदि हो भने तपाईले सामान ल्याउँदा भन्सार शुल्कको पनि विचार पुर्याउनुहोला ।
विशेषगरी विदेसिएकाले सुनका गरगहना, ल्यापटप(कम्प्युटर वा ट्यावलेट, भिडियो क्यामेरा, टिभी, मोबाइल, महंगा र ब्राण्डेड रक्सी ल्याउने गरेको पाइन्छ ।
ती मध्ये कतिपय सामानमा भन्सार शुल्क लाग्ने गरेको छ भने केहीमा लाग्दैन । तर जनवरीदेखि विमानस्थलमा कडाइ गर्न थालिएको छ ।
विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाका अनुसार तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको हो ।
सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन पाउने भन्दै उनले आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको बताए । उनका अनुसार जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको छ ।
त्यसअघि कतिपय सामानमा सहुलियत दिइँदै आएको थियो । विदेशबाट आउनेले खासगरी इलेक्ट्रोनिक्सका सामान र मदिरामा केही सहुलियत पाउँदै आएका थिए । अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुने छ ।
कुन सामान कति ल्याउने।।।
अब ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक–एक थान ल्याउन पाउने व्यवस्था छ । जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन ।
सुन र गरहनाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ ।
तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने विमानस्थल भन्सार कार्यालयले जनाएको छ । त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्