निर्वाचन आयोगले भदौ ३० गते देखि असोज १ गते सम्म मतदाता परिचयपत्र बाड्ने ।

काठमाडौं, तेस्रो चरणमा हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म निर्वाचन आयोगले मतदाता परिचय वितरण गर्ने भएको छ ।
८ जिल्ला, १३६ स्थानीय तह रहेको प्रदेश नं २ मा यहि
असोज २ गते सोमबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । यस निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत बढाउन मतदातालाई के कसरी सही रुपमा मत संकेत गर्ने भन्ने बारेको जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भयो । निर्वाचन शिक्षालाई सही ढंगबाट बढाउनको लागि करिब ३५०० भन्दा बढी मतदाता शिक्षा, कार्यकर्ता र स्वयंंसेबक÷सेविका परिचालन गरिएको छ ।
आयोगले बिभिन्न स्थानीय सञ्चार माध्यम, गैरसरकारी संस्थाहरु बाट पनि स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको जनाएको छ । मत बदर संख्यामा कमि ल्याउनको लागि सडक नाटकलाई पनि जोड दिइएको छ ।
यो निर्वाचनमा महानगरपालिका संख्या १, उपमहानगरपालिका–३, नगरपालिका–७३ र गाउँपालिका–५९ छन् । विभिन्न पदमा ६,६२७ प्रतिनिधिको चयन हुने छ विभिन्न पदमा ३७,००० भन्दा बढिको उम्मेदवारी परेको छ ।

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्री जसका लागि व्यवस्थापन को कार्य निर्वाचन आयोगले गरिसकेको जनाएको छ । एसपालिको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तथा आचारसंहिता परिपालन हुनेमा निर्वाचन आयोग ढूक्क छ। आयोगले मतदाताहरुलाई सकेसम्म आफैँ मतदान केन्द्रमा पुगेर परिचयपत्र लिनु हुन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्