एचआइभी संक्रमित समाजमा खुल्न थाले

काठमाडौं । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् ।

सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुलाई बढाउँदै छन् ।

जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये हाल ४१ जना बिरामी समाजमा खुलैर हिँड्ने गरेका छन् । एचआइभी संक्रमित बिरामीमध्ये ८७ प्रतिशतले नियमित एआरटी सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्