काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंकको गत पुष २० गते भएको २०औं साधारण सभाबाट अध्यक्षपदमा निर्विरोध निर्वाचित हुनु भएका डा. बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक समितिको पदमा निर्विरोध निर्वाचित हुनभएको थियो ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैंकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्