जनतामुखी भएर स्वास्थ्य सेवा प्रदान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको लक्ष्य रहेको बताएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दे उनले ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेकोमा जोड दिए ।
प्रधानमन्त्री ओलीले अहिलेपनि ग्रामीण क्षेत्र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको भन्दै जनतामुखी भएर स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गरी गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताए ।
सभामा प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीले पूर्वाधारको विकाससँगै राष्ट्रिय आवश्यकता पहिचान गरी शैक्षिक कार्यक्रम सुरु गर्न प्रारम्भिक तयारी भइरहेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्