प्रहरीको हिरासत भित्र मृत्यू भएका भनिएका ब्यक्तिको सम्वन्धमा प्रहरिको प्रतिवेदन सार्वजनिक ।।

शरद रेग्मी
दाङ २८ भदौ ।
वडा प्रहरी कार्यालय लमहीको हिरासत भित्र मृत्यू भएका भनिएका ब्यक्तिको
सम्वन्धमा प्रहरिले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । आज संघिय
प्रहरि ईकाई कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरिले
गंगटे भन्ने ब्यक्तिको मृत्यु राप्ति उपक्षेत्रिय अस्पताल घोराहिमा भएको
बताएको छ । उपचारका लागि लमहिका दुई वटा अस्पतालमा लगिएको र अस्पतालले घोराहि रिफर गरे पछि घोराहि ल्याउदा अस्पतालमा डाक्टरले मृत घोषित गरेको खुल्न आएको बताउनु भयो । अनुसन्धानमा खटिनु भएका ईकाई प्रहरि
प्रमुख दिलिप चौधरिले घटनाका बारेमा लमहिमा पुगि अनुसन्धान गरेको र
त्याहाँ रहेका थुनुवाहरु तथा डिउटिमा रहेको प्रहरि लगाएत सवै संग सोधपुछ
एव वयान गर्दा गंगटे लाई प्रहरिले १२ गते घोराहिमा पक्राउ गरि १३ गते
ईलाका प्रहरि कार्यालय लमहिमा लगिएको र सोहि दिन साझ मेडिकल गरि हिरासतमा राखिएको बताईएको छ । रातिको समयमा हिरासतमा रातभर होहल्ला गरेको तथा मादक पदार्थ माग्ने , टाउको भित्तामा ठोक्ने लगाएतका कार्य गरेको तथा १४ गते बिहान पख वेहोस भई भुईमा लडे पछि अर्का थुनुवाले खवर गरे पछि प्रहरि पुग्दा वेहोस देखेको र प्रहरिकै गाडिमा अस्पताल पु¥याएको उनी संगै थुनामा
रहेका अन्य थुनुवाहरुले बताएको चौधरिले पत्रकार सम्मेलनमा बताउनु भयो ।
लमहिका २ वटा अस्पतलमा उपचार नभए पछि एम्वुलेन्स मार्फत गंगटे लाई घोराहि
अस्पतालमा ल्याईएको प्रहरिले बताएको छ । आफुहरुले समेत घटनालाई चासोका
साथ हेरेको हुदा सुक्ष्म रुपमा अध्ययन गरेको हुदा घटना विवरण अनुसार
गंगटेको प्रहरिको कुटाई वा लापरवाहिले नभई अचानक मृत्यु भएको देखिएको
चौधरिले बताउनु भयो । घटनाको अनुसन्धानका क्रममा घटना स्वाभाविक भएको तर जिल्ला प्रहरि कार्यालयले आफनो आधिकारिक फेसवुक पेजमा सार्वजनिक गर्दा गैर जिम्मेवारि गरेको पत्रकार सम्मेलनमा एस एस पि चौधरीले बताउनु भयो ।
फेसवुकमा घटना सार्वजनिक गर्दा मिति फरक पर्न गएको र वेवारिसे अवस्थामा सव
फेला परेको भन्ने गैर जिम्मेवारी सुचना प्रवाह गरेको हुँदा बाहिर घटना रहस्यमय
जस्तो देखिन गएको चौधिरले बताउनु भयो । चौधरीले आफनो प्रतिवेदनमा
उक्त सुचना प्रवाहमा गैर कम्जोरि गर्ने प्रहरिलाई कार्वाहि गर्नु पर्ने उल्लेख
गरिएको छ ।
सो अवसरमा बोल्दै एआईजी मिङमार लामाले घटना स्वाभाविक भएको भन्दै कुनै
ब्यक्तिको काललाई प्रहरिले रोक्न नसक्ने तर जनतालाई सहि सुचना दिनु
प्रहिरको काम भएको स्पष्ट पार्नु भयो । उहाँले गलत सुचना दिने जिल्ला प्रहरि
कार्यालयका एस पि , सुचना फाटका प्रहरि निरिक्षक र हिरासत हेर्ने गार्ड तिनै
जनालाई बिभागिय कारवाहि हुने बताउनु भयो । उहाँले भन्नु भयो , प्रहरिको
काम जनतालाई भ्रमित पार्ने नभई सहि र सत्य सुचना दिनु भएको भन्दै यो
घटनामा प्रहरिको कमजोरी रहेको स्वीकार गर्नु भयो । सो घटनाका सम्वन्धमा
ए आई जि लामाले एसएसपी चौधरीलाई घटनाको वारेमा सत्य तथ्य पत्ता लगाई
प्रतिवेदन वुझाउन जिम्मेवारी दिनु भएको थियो ।

प्रहरीले अस्पतालमा मृत्यू भएका ब्यक्तिको शव चौपट्टामा बेवारिसे अवस्थामा
भेटीएको भन्दै फेसवुक मार्फत सार्वजनिक गरेको थियो । तर, तिनै वेवारिसे
भनिएका ब्यक्तिलाई नियन्त्रणमा लिएर मेडीकल जाँचको लागी लमही अस्पतालमा
प्रहरीले आफै लगेको फोटो सार्वजनिक भएपछी प्रहरीले घटना लुकाउन
खोजेको हो कि भन्ने आशंका उव्जिएको थियो । ।

 

प्रतिक्रिया दिनुहोस्