दलहरु भने प्रदेशसभामा प्राप्त सिटको जोड–घटाउ गर्दै आ–आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत थालेका छन् । मुख्यमन्त्रीका दाबेदारहरुको दौडधुप पनि उत्तिकै तीव्र भएको छ । भौतिक पूर्वाधार र संरचनाहरु देखाएर राजधानी आ–आफ्नो क्षेत्रमा पार्न नेता–कार्यकर्ताको पहल झनै बढेको छ ।