३ कक्षा पास गरे भत्ता, प्रतिविद्यार्थी ३६ हजार भत्ता

काठमाडौं, पुस २२ । कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ ।
कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।
प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो ।
यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्