निगमले इन्धनको मुल्य समायोजन गर्याे

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
अब पेट्रोल लिटरको १०८ ?पैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्ने छ ।
हवाई इन्धन र ग्याँसको मुल्य भने यथावत रहेको निगमल जनाएकका छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।
निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८०
रुपैयाँ ६९ पैसा घाटा छ ।
प्रतिक्रिया दिनुहोस्