काठमाडौं, पुस १८ ।अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।
सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्याधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ ।
आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।
“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुवात गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्