घरेलु हिंसा हामी गर्दैनौ, हामी सहदैनौ’ घरेलुहिंसा न्युनीकरण गर्न गाउ गाउमा अन्तरक्रिया ।।

 

शरद रेग्मी
दाङ २८ भदौ ।
सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको
संयुक्त आयोजनामा घरेलुहिंसा नियन्त्रण सम्बन्धी एक दिने जनचेतनामुल,
अन्तरक्रिया कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को हेमन्तापुरमा
सम्पन्न भएको छ ।

घरेलु हिंसा हामी गर्दैनौ, हामी सहदैनौ’सुखी परिवार संमृद्द परिवार घरको
गहना, घरेलुहिंसा रहित समाज हाम्रो चाहाना भन्ने मुल नाराका साथ
आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसारहित समाज
निर्माण गर्नकालागि सकारात्मक सोचका साथ एकजुट हुनु पर्ने बताएका थिए ।

सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती इलाका प्रहरी कार्यालय तुलसीपुरका
प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अर्यालले घरेलुहिसा नियन्त्रण गर्नका
लागि प्रहरीले सामुदायिक प्रहरी संग सहकार्य गरेर गाउँ गाउँमा सचेतना
अभियान फैलाउने बताउनु भयो।

उहाँले आफना घर छिमेकमा कुनैपनि घटनाको बारेमा जानकारी भए प्रहरीलाई
समयमा सुचना दिएर सहयोगगर्न पनि अनुरोध गर्नु भयो।

कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरले
नागरिक र प्रहरी विचको सहकार्यलेमात्र मात्र हिंसा रहित समाज निर्माण गर्न
सकिने बताउनु भयो।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिब शरद रेग्मीले सहजीकरण गर्नु
भएको सो कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडा नं १८ का वडा
अध्यक्ष माधब ओली ,तुलससीपुर नगरपालिकाका कार्यपालिकाका सदस्य दिपक कुमाल,
लगाएतका बक्ताहरुले घरेलुहिसा नियन्त्रण बारेमा बोल्नु भएको थियो भने
कार्यक्रममा स्वागत सामुदायि प्रहरी सेवा केन्द्रका उपाध्यक्ष बशन्त कुमार खड्गी, र
कार्यक्रमको उदेश्य माथि प्रकाश प्रहरी निरिक्षक रमेश विष्टले गर्नु भएको
थियो।

सो अबसमा प्रहरी निरिक्षक विष्टले सहभागीहरुलाई घरेलुहिसा केहो, हिसामा
संलग्न व्यक्तिलाई के कारवाही हुन्छ लगाएतका बारेमा जनचेतनामुलक भिडियो र
तस्वीर मार्फत जानकारी दिनु गराउनु भएको थियो ।

त्यस अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं १६ ,१७ र १८ का विभिन्न महिला
समुहमा आबद्द महिला तथा पुरुष ,राजनितिक दल, शिक्षक लगाएतकाको उल्लेखनीय
सहभागीता रहेको सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सहसचिब मीनराज
भण्डारीले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्