काठमाडौं, पुस १५ । बलिउडका चर्चित नायक शाहरुख खानले सम्मान बिनाको प्रेमको अर्थ नहुने बताएका छन् । भारतीय संचार माध्यम ‘इन्डियन एक्सप्रेस’लाई अन्तर्वाता दिने क्रममा उनले सो कुरा बनाएका हुनु ।
उनले भने, ‘सम्मान बिना प्रेम हुँदैन।’ ‘सम्मान भनेको समानता हो, र मैले भनेको समानता समाजिक सञ्जालमा भनिने समानता मात्रै होइन । नयाँ पत्रिकामा खबर छ । मेरो लागि त समानता भनेको एक अर्काले आफ्नो कमजोरीमा सघाउनु हो,’ शाहरुखले भने ।
शाहरुखले आफ्नै उदाहरण दिँदै भने, ‘म ३० वर्षदेखि विवाहित छु, तर अहिलेसम्म श्रीमतीको पर्स हेरेको छैन ।
उनी कपडा फेर्दै छिन् भने ढोका ढक्कढकाएर बेडरूममा जाने गर्छु । म छोरीको कोठमा जाँदा पनि ढोका ढक्कढकाएर जान्छु । उनीहरु मेरा प्रिय छन् । तर, मलाई थाहा छ उनीहरुको पनि व्यक्तिगत जीवन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्