सरकारले छोरी जोगाउन जन्मँदै बिमा गरिदिने,यस्तो छ योजना

काठमाडौँ, पुस १५ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्