नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन

काठमाडौ, १३ पुस । राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहेका छन् ।

आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र अनिता देवकोटाले समर्थन जनाएका थिए । बैठकले ‘राहदानी विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बैठक समक्ष सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्