आज कुन पत्रिकाले मुख्य समाचारमा के–के लेखे

काठमाडौं, १३ पुस । राजधानीबाट प्रकाशित आज राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुको मन्त्रीपरिषद्का निर्णय, नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन अस्वीकृत, फेरि लगानी सम्मेलन, बम्जन आश्रमबाछ ५ वेपत्ता, नेपालको बत्ती किन्न भारत तयार, राजदूत सिफारिस तथा फिर्तासम्मका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, व्यवसायी अजयराज सुमार्गीको बैंक खाता रोक्का नगर्न सर्वोच्चले गरेको आदेशलाई पनि केही दैनिक पत्रिकाहरुले आज छापेका छन् ।

धरहरा शिलान्यासको तस्वीर छापेको राजधानी दैनिकले सरकार ट्रेड युनियन खारेजीको मुडमा देखिएको लेखेको छ । समाचार अनुसार, कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरु नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ ।

संविधानअनुरुप कर्मचारी समायोजन थाल्दा त्यसलाई विरोध गरेको भन्दै सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको राजधानीको ठम्याइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हवाला दिँदै राजधानी लेख्छ– ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानून ल्याउने गृहकार्य अघि बढाइएको छ ।’

नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अस्वीकार गरेकोलाई पनि राजधानीले प्राथमिकताका साथ छापेको छ । सरकारले गरेको राजदूत सिफारिस तथा फिर्तालाई पनि राजधानीले कभरेज गरेको छ । राजधानीका अनुसार, सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गणेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराई, भृगु ढुंगाना, दुर्गाप्रसाद भण्डारी र दीपक अधिकारीलाई राजदूत सिफारिस गरेको छ । त्यस्तै दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंह, स्पेनका भरतबहादुर रायमाझी र बंगलादेशका प्रा।डा। चोपलाल भुसाललाई राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले नेपालको बिजुली लिन भारत सहमत भएको लेखेको छ । भारतले विद्युत् खरिदमा सहमति जनाएसँगै बर्खामा खेर जाने बिजुली बिक्री हुने भएको समाचारको सार छ ।

नेकपा स्थायी समिति बैठकमा ओलीको प्रतिवेदन रोकिएकोदेखि राजदूत सिफारिस तथा फिर्तासम्मका खबरलाई अन्नपूर्णले प्राथमिकतापूर्वक प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमर्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको नागरिकमा खबर छ ।
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा जम्मा भएको ७५ लाख अमेरिकी डलरको भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले पनि नागरिकले जस्तै ‘जोशी इजलासका दुई अन्तरिम’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।कान्तिपुरका अनुसार, सुमार्गीको बैंक खाता रोक्का नगर्न आदेश दिएका जोशीले चौधरी ग्रुपको सीजी कम्युनिकेशन प्रालिले पाएको आधारभूत टेलिफोन सेवा सञ्चालन अनुमतिपत्रको कार्यान्वयन नरोक्न अन्तरिम आदेश दिएका छन् ।

‘विप्लव भेटिएनन्, राउत खोजिएनन्’ शीर्षक दिएर नयाँ पत्रिकाले देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउन गठित उच्चस्तरीय सरकारी वार्ता टोलीको उपलब्धिबारे सोधीखोजी गरेको छ । समाचार अनुसार द्वन्द्वरत ४५ समूहको पहिचान गरेको टोलीले २३ समूहसँग वार्ता गरेको छ । द्वन्द्वरत समूहमध्येका विप्लव भेटिएका छैनन् भने सीके राउतसँग वार्ता गर्न वार्ता टोलीले चासो देखाएको छैन ।

गोरखापत्रले सरकारले तीन सय विद्युतीय वस खरिद गर्ने निर्णय गरेकोलाई मुख्य समाचार बनाएको छ । सरकारलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई आग्रह गरेको । अब बन्ने धरहरामा इतिशास र आधुनिकता दुवै भनि प्रधानमन्त्रीले बोलेको कुरालाई विशेष रुपमा प्रकाशित गरेको छ । त्यस्तै लगानी सम्मेलन चैतमा हुने भएकोलगायतका खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
त्यस्तै सरकारी वार्ता टोलीले द्वन्द्वरत पक्षको अन्त्य भएको घोाषणालाई लिएर विप्लव भेटिएन, राउत खोजियनन् भनेर आजको नयाँ मुख्य माचार बनाएको छ ।
आयात प्रतिस्थापनका लागि विदेशी लगानी, नेपाल र भारतबीच सहमती ढल्केवर र महेन्द्रनगरबाट इनर्जी बैंकिङ्ग भन्ने आजको आर्थिक अभियानले मुख्य समाचार बनाएर प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्