कांग्रेसका नेता यादवले गरे ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गरेका छन् ।

शुक्रबार उनले ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आज मात्रै कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोसपासहित सात दलबिच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनभित्र सहमति भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए।प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्