विग ब्यासमा मेलबर्नको पहिलो जित, सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा

काठमाडौ, पुष १२ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो पटक जित निकालेको छ । यो जित संगै सन्दिप विग ब्यासमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । आज भएको तेस्रो खेलमा सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गरेको छ । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलवर्नले १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गरि जित निकालेको छ । मेलवर्नका पिटर हृयान्डस्कोम्बले ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले ८, मार्कस स्टोइनिस १०, निक लार्किनले २० र ड्वेन ब्राभ्रो ९ रनमा नट आउट रहे । सिक्सर्सका बेन द्वारसहुसि ३ र स्टीव ओकीफे दुई विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले सन्दिप लामिछानेको घातक बलिङमा २० ओभरमा ९ विकेट गुमाउदैँ १ सय ३० रनमा समेटिएको थियो । उस्का लागि शीन एबोट २२,जोर्डन सिल्क ४१,डैनियल ह्यूजेस २० र जो डेनलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवर्नका लागि जक्सन कोलेमान ३, सन्दीप लामिछाने र ड्वेन ब्राभ्रोले समान दुई विकेट लिए । त्यस्तै एडम जम्पा र ग्लेन म्यासवेलले पनि समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्