प्रधानन्यायाधीश मिश्रले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने

काठमाडौं, पुस १२ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने भएका छन् ।
सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश मिश्रले बिहीवारबाटै कुनै पनि मुद्दनमा सुनुवाइ नगर्ने तर, मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्ने छन् ।
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने भएपछि शुक्रवार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ । सो इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ ।
यही पुस १७ गतेदेखि उनी सेवानिवृत्त हुँदैछन् । उमेर हदले मिश्रको अवकास हुन ६ दिनमात्र बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्