तीन राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय, को- को छन् त ?

काठमाडौँ, पुस १२ । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा। चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।
तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई बंगलादेशका लागि राजदूत नियुक्त गरेको थियो ।
तीन राजदूतलाई स्वदेश फिर्तीका लागि बढीमा तीन हप्ताको समय दिइएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्