सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प

काठमाडौ, पुष ८ । आइतवार विहान पाँच बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेता पनि आइतवारको चाहिँ पराकम्प नभइ भूकम्पनै गएको र ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।
२०७२ सालको भूकम्पमा सबैभन्दा बढी क्षति भएको जिल्लानै सिन्धुपाल्चोक थियो ।

प्रतिक्रिया दिनुहोस्