विदेशी सम्बन्धनका विद्यालय खारेज गर्न सुझाव Jagaran News Published On : 22 December, 2018 3:20 am काठमाडौं, पुस ७ । विदेशी सम्बन्धनका विद्यालयलाई खारेज गर्न सुझाव आएको समाचार आजको राजधानी दैनिकमा छ । समाचार अनुसार विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालन भइरहेका माध्यमिक विद्यालयलाई हटाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव दिएको हो । शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदामा विदेशी सम्बन्धन लिएर सञ्चालनमा आएका विद्यालयलाई समयअवधि दिएर हटाउन प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्