सासै फेर्न सकस, प्रत्येक बर्ष १० हजारको मृत्यु

काठमाडौं, पुस ७ । वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।
तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन। सरकारले पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ।
यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगेको छ। नेपाल आयल निगमले २०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०÷५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक बर्ष १० हजारको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्