बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन, छानबिन चल्दै

काठमाडौं, पुस ६ । वीरेन्द्रनगर नगरपालिका–४ स्थित एक प्राविधिक शिक्षालयले अनुमतिबिना शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गरेको पाइएको छ।
उद्यमशीलता विकास संस्था प्रालिले गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा शाखाको बेग्लै नाम दिएर सिप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरेको पाइएको हो। अनुमति र दर्ता बिनै ‘गुर्भाकोट प्राविधिक शिक्षालय’ नाममा कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त संस्थाले हाल उद्यम विकास सहजकर्ता तह–२ तालिम सञ्चालन गरिरहेको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सिटिइभिटी० पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले शाखा विस्तारका लागि स्थानीय सरकारले अनुमति दिन सक्ने कानुनी व्यवस्था रहेको बताए। ‘यसबारे उजुरी आएको छ, हामी पनि छानबिन गर्दैछौँ,’ उनले भने।
संस्थाका सञ्चालक बलबिर नेपालीले मौखिक निर्देशनबाट कक्षा सञ्चालन गरिएको बताए। गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले उक्त शिक्षालयका सम्बन्धमा छानबिन भइरहेको प्रस्ट पारे।
प्रतिक्रिया दिनुहोस्