बिसिजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु, स्वास्थ्य स्वयंसेविका प्रहरी नियन्त्रणमा

काठमाडौं, पुस ६ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिसिजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ।
खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिइन्।
खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको फुयाँलले बताए।
शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नुका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए।
खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ।
प्रतिक्रिया दिनुहोस्