बैंकहरुले ब्याजदर बढाएकोमा राष्ट्र बैंकले छलफलमा डाक्यो

काठमाडौं, ३ पुस । ठूला -ठूला कमर्शियल बैंकहरु नै ब्याज बढाउन प्रतिष्पर्धामा उत्रेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बैठक राखेर डकारेको छ । हिमालयन र नबिल बैंकले ब्याज दर १३ प्रतिशत पुर्याएपछि राष्ट्र बैंकले सम्बद्ध बैंकरलाई डाकेर ब्याज बारे छलफल गर्दै यस्तो किन गरीएका हो भनि सपष्ट पार्न भनेको छ ।
बैठकमा बाणिज्य बैंक र विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। नियमन र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरुले बैंकरलाई ब्याज बढाबढ बारे प्रश्न उठाएका थिए ।
राष्ट्र बैंकले ब्याज दरमा गरेको प्रतिस्पर्धाले कसैलाई फाइदा नपुर्याउने भन्दै ऋण लगानीमा संयमित हुन बैंकहरुलाई आग्रह गर्नु गरेको छ ।
छलफलमा वित्तिय संस्थाहरमा अहिलेको समस्या के हो ? किन बैंकहरुले संयमता गुमाएका हुन्? भन्ने प्रश्न राष्ट्र बैंकका अधिकारीहरुले राखेका थिए। भेटमा सहभागी बैंकरहरुका अनुसार, कार्यदलको प्रतिवेदन कुर्न राष्ट्र बैंकबाट आग्रह भएको छ। ब्याज बढाबढ गरेर मात्र केही हुँदैन भन्ने कुरा राष्ट्र बैंकको थियो।
बैंकर्स संघले ब्यक्तिगत निक्षेपमा समेत भएको भद्र सहमति खारेज गरेपछि साना बैंकहरुले ब्यक्तिगत निक्षेपमा ब्याज बढाउन थालेका थिए। त्यसबेलै गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकर्स संघको साधारणसभामा गलत कृयाकलाप भएको टिप्पणी गरेका थिए । त्यसपछि पनि केही बैंकले ब्याज बढाउने काम गरेको छ ।
११ वटा बैंकहरुले मुद्दति निक्षेपको ब्याज बढाउँदासम्म चुप लागेर बसेको राष्ट्र बैंकले हिजो हिमालयन र आज नबिलले ब्याज बढाएपछि बोलाएर छलफल गरेको हो । के साँच्चै नै अप्ठेरो अवस्था आएको हो र? धान्नै नसक्ने अवस्थामा बैंक पुगेका हुन् र? जस्ता प्रश्नहरु राष्ट्र बैंकबाट उठेका थिएु ती बैंकरले भने, ुनिक्षेप खोसाखोसको अवस्था आएपछि ब्याज बढाउनु परेको बैंकरहरुले जवाफ दिए ।
राष्ट्र बैंकका अधिकारीहरुले ऋण बिस्तारमा संयमता अपनाउनसमेत बैंकरलाई सम्झाएका थिए। २५ प्रतिशतले ऋणको बिस्तार भइसकेको भन्दै संयमता अपनाउन राष्ट्र बैंकले जोड दिएको थियो।
गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले पनि नेपाली बैंकले आक्रामक ऋण बिस्तार गरेको टिप्पणी गरेको थिया । आक्रमक ऋण बिस्तारले प्रणालीमै जोखिम आउने उसको टिप्पणी थियो । मुद्रा कोषकै भनाइलाई उदृत गर्दै राष्ट्र बैंकका अधिकारीहरुले मनपरी ऋण लगानी नगर्न निर्देशन दिएको थिया ।
प्रतिक्रिया दिनुहोस्