ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतको अध्यादेश संशोधन नगरे बहिष्कार गर्ने चेतावनी
काठमाडौ, पौष ३ । ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतले अध्यादेश संशोधन नगरे बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आधारभूत प्रशासन प्रशिक्षणमा रहेका ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतहरूले समायोजन अध्यादेशमा भएका विभेदकारी व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै ब्याट ३३ मा रहेका १२ वटा ग्रुपहरुले प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेलाई भेटेर बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
एक अधिकृतले हामी ग्रुपहरुमध्येबाट दुई दुई जनाका दरले २४ जनाको समूहमा गएको टोलीले कार्यकारी निर्देशक न्यौपानेलाई ब्याट नै बहिष्कार गर्ने चेतावनी दिएका छौँ भनेर जानकारी दिए, जुनिएर कर्मचारी पेलानमा पर्ने गरी आएको अध्यादेश संशोधन भएन भने थप कडा आन्दोलन गर्ने तय भएको छ । अध्यादेशले जुनियर ब्याटका अधिकृतहरूको वृद्धि विकास रोकेको ठहर उनीहरूको छ ।
हाल प्रतिष्ठानमा नेपाल प्रशासन, लेखापरीक्षण, परराष्ट्र र न्याय सेवाका गरी करिब ३६० जना प्रशिक्षार्थी अधिकृत आधारभूत प्रशासन प्रशिक्षणमा रहेका छन् ।
त्यस्तै अर्का अधिकृतले भने, सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन आएको छैन सेवा सञ्चालन नभईकन एकै पटक कर्मचारी जाने व्यवस्थाले जुनिएर कर्मचारी पेलानमा पर्ने र फ्रष्टेसन भएर गएको कर्मचारीले सेवा सञ्चालनमा सन्तुष्टि दिन नकस्ने भएकोले सच्याउन माग गरेका हौँ ।
यता निर्देशक न्यौपानेले समायोजन सम्बन्धमा मौखिक रूपमा केही कुरा राखेको स्विकारे । अल्टिमेटम दिएको तथा आधिकारिक धारणासहित नआएका र त्यस्तो शब्दावली पनि प्रयोग नभएको, न्यौपानेले जनाए ।















प्रतिक्रिया दिनुहोस्