सिटिजन्स बैंकको का.मु. प्रमुख कार्यकारीमा गणेशराज पोखरेल नियुक्त, राजनसिंह भण्डारीले बाहिरिए

काठमाडौं, १ पुस । सिटिजन्स बैंक इन्टरनेशनलको का.मु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् ।
सञ्चालक समितिले त्यसै बैकका डेपटी प्रमुख कार्यकारी अधिकृत पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पद छाडेर बाहिरिए पछि पोखरेललाई प्रमुख कार्यकारी अधिकृत बनाउन लागिएको हो ।  चर्चित बैंकर तथा बैंकर संघका पूर्व अध्यक्ष समेत रहेका भण्डारी स्थापनादेखि सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृत रहिकाम गर्दै आएका थिए । उनको कार्यकाल पुस १६ गते सकिँदैछ ।
भण्डारी पुस १ गतेबाटै बिदा बस्दैछन। उनको ठाउँमा कामु प्रमुख कार्यकारीका रुपमा गणेशराज पोखरेललाई नियुक्त गरिएको छ । त्यहीँ
भण्डारी प्रमुख कार्यकारी अधिकृतबाट हटे पनि बैंक सञ्चालक समितिको प्रुमख सल्लाहकारका रुपमा काम गर्ने छन् । भण्डारी नेपाल राष्ट्र बैंकका क्याडर हुन । उनी लामो समय नियमन, विदेशी विनिमय विभागमा बसेका थिए।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका भण्डारी आफैले कार्यकाल थप्न नचाहेका हुन् । उनी राष्ट्र बैंकमा हुँदा डेपुटी गभर्नरका लागि प्रमुख दावेदार थिए । डेपुटी गभर्नर नियुक्त नभएपछि उनले केन्द्रीय बैंक छाडेर आफ्नै पहलमा सिटिजन्स बैंक खोलेका थिए । पछिल्लो समय उनी गभर्नरको रेसमा पनि थिए । वहालवाला बैंकरलाई गभर्नर बनाउन हुँदैन भन्दै विरोध भएपछि उनको नाम सिफारिसमा पर्न सकेन ।
प्रतिक्रिया दिनुहोस्