जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौंः नेता नेम्वाङ

काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका स्थित कोल्बोटेमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन ।

उनले, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले बताए ।

इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्