सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दुईवटा पार्टी कसरी दर्ता भयो ?

काठमाडौँ , मंसिर २५ । सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।
न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।
नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्