मन्त्रिको संख्या अझै थपिन्छः प्रधानमन्त्री देउवा

विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलको भागबण्डा अझै नपुगेको हुनाले मन्त्रिमण्डल विस्तार गर्न सकिने बताए ।
निर्वाचन आयोगले आचारसंहिता उन्लंघन गरेको आरोप लागिरहेको बेला प्रधानमन्त्री देउवाले अझै मन्त्रीको संख्या बढ्न सक्ने बताएका हुन् । चुनावी कार्यक्रमका लागि दुई नम्बर प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो कुरा बताएको हो । उनले भने, ‘यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’ निर्वाचन आयोगले निर्वाचन विपरीत भएको बताएपनि विस्तार गरिसकेकाले अब यो निर्णय फिर्ता हुने हुन नसक्ने बताए ।ं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल अझै विस्तार हुन सक्ने बताएका छन् । देउवाले इतिहासकै ५४ जम्बो मन्त्रिमण्डल बनाएको भनि आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्