एभेरेष्ट प्रिमियर लिग : ललितपुरले चितवनलाई दियो १ सय ४४ रनको लक्ष्य

काठमाडौं, मंसिर २३ । एभेरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई एक सय ४४ रनको लक्ष्य दिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा विराटनगरसँग हारेको ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो ।
राम्रो सुरुवात गर्न नसकेको २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए ।
त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो ।
फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लपनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो ।
अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।
जवाफमा चितवनले २ रन हुँदा
पहिलो विकेट गुमायो । ओपनर दीलिप नाथलाइ सन्नी पटेलले एक रनमा आउट गरे ।
पहिलो खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो।
प्रतिक्रिया दिनुहोस्