मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा
काठमाडौ, मंसिर २२ । मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृखला खतिवडा चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्धामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ ।
१ सय २१ देशले सहभागिता जनाएका मिस वर्ल्ड २०१८ मा नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन् । मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो ।
सान्यमा चलिरहेको फाइनलमा मिस नेपाल श्रृँखला खतिवडा नेपाली झण्डा सहित सहभागी भएकी थिइन् ।
६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्